नेपाली (Nepali)

नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत २०८२ साल साउन १ गते देखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिकका लागि देहाय बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेकोले सोही दफाको उपदफा (३) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ :-

English

Government of Nepal
Notice from the Ministry of Labour, Employment and Social Security

The Ministry of Labour, Employment and Social Security, Government of Nepal, has determined the following minimum wages for workers (excluding tea estate workers) to be effective from the 1st of Shrawan 2082 B.S. in accordance with Section 106 of the Labour Act, 2074, and hence this notice has been published in accordance with subsection (3) of the same section:

क्र.सं.न्यूनतम पारिश्रमिकआधारभूत पारिश्रमिक (रु.)महंगी भत्ता (रु.)जम्मा (रु.)
१.मासिक१२,१७०/-७,३८०/-१९,५५०/-
२.दैनिक४७०/-२८४/-७५४/-
३.प्रति घण्टा६३/-३८/-१०१/-
४.आंशिक समय कार्य गर्ने कामदारको प्रति घण्टा न्यूनतम पारिश्रमिक१०७/-
S.N.Minimum Wage TypeBasic Salary (Rs.)Dearness Allowance (Rs.)Total (Rs.)
1.Monthly12,170/-7,380/-19,550/-
2.Daily470/-284/-754/-
3.Hourly63/-38/-101/-
4.Hourly Minimum Wage for Part-Time Workers107/-
द्रष्टब्य:
१. उपर्युक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योग्यता आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानुन बमोजिम श्रम सम्झौता/नियुक्तिपत्र, श्रमिकले पाउने संचयकोष र उपदान लगायतका सुविधाहरू अनिवार्य रूपमा हुनुपर्नेछ ।

२. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा यो सूचनामा तोकिएको भन्दा कम नहुने गरी निर्धारण गर्नु पर्नेछ।

३. उल्लिखित न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले पनि कुनै रोजगार सम्झौता गर्न पाइने छैन ।

४. मासिक न्यूनतम पारिश्रमिक श्रम ऐन, २०७४ को दफा २८ बमोजिमको कानुनी व्यवस्थासमेत आधार बनाई लागू गरिएको छ । न्यूनतम पारिश्रमिक दिने सन्दर्भमा केही प्रावधानहरू फरक भएको अवस्थामा समेत यही न्यूनतम पारिश्रमिकलाई आधार बनाई समायोजन गर्न सकिनेछ ।

५. खण्ड ७३, संख्या २४, मिति २०८०।०४।३२ को नेपाल राजपत्र भाग ५ मा प्रकाशित चिया बगान बाहेकको न्यूनतम पारिश्रमिक सम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना खारेज गरिएको छ ।
Note:
1. In addition to the above wages, as per the Labour Act 2074, the Contribution-Based Social Security Act 2074, and prevailing laws, workers must mandatorily receive appointment letters/contracts, benefits such as provident fund and gratuity.

2. If Local Authority according to Section 13 of the Local Government Operation Act, 2074 or other entities granted the right to determine minimum wages under the laws of Nepal, such local authority or entity shall only set wages, not below than the minimum wage specified in this notice.

3. No one shall execute employment contract offering or accepting remuneration lower than the aforementioned minimum wages.

4. The monthly minimum wage is implemented under Section 28 of the Labour Act, 2074. In cases where there are discrepancies in other provisions regarding minimum wages, this specified wage will be used as a base for adjustment.

5. The notice published in Part 5, Volume 73, Number 24 of the Nepal Gazette dated 2080.04.32, regarding the minimum wages of workers excluding those in tea estates, has been revoked by this notice.

Source: Nepal Gazette — rajpatra.dop.gov.np